बढुवा समितिको सचिवालयले ५६ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।

बढुवा समितिको बुधवारको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ३७ जना, नेपाल प्रशासन सेवा, लेखा समूह (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ४ जना तथा नेपाल प्रशासन सेवा, राजस्व समूह (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत १५ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो ।