मकवानपुरको थाहा नगरपालिका–६ स्थित बज्रबाराही माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ । विद्यालय व्यवस्थापन समितिले सञ्जिता पाठकलाई प्रध्रानाध्यापकमा नियुक्ति गर्ने निर्णय विवादित भएको हो । यसअघिका प्रधानाध्यापक रमेशमान डंगोलले आफूलाई बिनाकारण प्रधानाध्यापकबाट हटाएको भन्दै अदालतमा मुद्दा दर्ता गरेपछि पाठकको नियुक्ति विवादमा परेको छ ।

आफूलाई राजनीतिक प्रतिशाधे का कारण प्रधानाध्यापकबाट हटाएको भन्दै थाहा नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरमा दिएको उजुरीको सुनुवाई नभएपछि डंगोलले उच्च अदालतमा रिट दायर गरेका हुन्। सहायक प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्दै आउनुभएकी पाठकलाई गत चैत १९ गते बसेको विद्यालय व्यावस्थापन समितिको बैठकले प्रधानाध्यापकमा नियुक्त गरेको थियो ।

२०७२ सालमा स्थाय नियुक्ति पाएकी पाठक २०७९ सालदेखि बज्रबाराही माविमा अध्यापनरत छिन् । उनी २०८० सालदेखि सहायक प्रधानाध्यापकको जिम्मेवारीमा थिइन् । यसअघि प्रधानाध्यापक रहेका डंगोललले ले २०७६ साल पुस १७ गतेबाट प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

पालिका प्रेस
थप जानकारी