थाहा नगरपालिकाले स्थापना दिवसका अवसरमा वर्षेनी ‘थाहा पदक’ सहित सम्मानको कार्यक्रम सार्वजनिक गरेको छ । विभिन्न विधामा सूचक निर्धारण गरी उत्कृष्ट, सर्वोत्कृष्ट हुने व्यक्तिलाई ‘थाहा पदक’ सहित सम्मान गर्ने नीति पालिकाले पारित गरेको छ ।

विभिन्न जातिसँग सम्बन्धित ऐतिहासिक, धार्मिक मेला महोत्सव, पर्व सञ्चालनका लागि आर्थिक सहायता प्रदान गर्दै आइरहेकोमा सोलाई निरन्तरता दिँदै थप व्यवस्थित बनाउनका लागि अक्षय कोष खडा गर्न अभिप्रेरित गर्ने पालिकाको नीति छ । नगर क्षेत्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका मठ, मन्दिर, पोखरी, चैत्य, गुम्बाको संरक्षणको व्यवस्था मिलाइनेछ । यस्ता महत्वका क्षेत्रमा पहिचान खुल्ने गरी संकेत चिन्ह राख्ने, साँस्कृतिक बाजागाजालाई सहलगानी हुने गरी नयाँ पुस्तामा सिकाइ व्यवस्थापन, मर्मत र खरिद गर्ने व्यवस्था गर्ने नगरको नीति छ ।

थाहा नगरपालिकाको साँस्कृतिक, धार्मिक, सामाजिक, भौतिक, प्राकृतिक पक्षको व्यापक प्रचार प्रसार गर्न संघ÷संस्थासँग सहकार्यमा मेला, महोत्सव सञ्चालन गर्ने, थाहा कोसेली घरलाई थप व्यवस्थित ढंगबाट सञ्चालन व्यवस्थापन गर्न अनुदान र संघ÷संस्थासँग सहकार्य गर्दै अघि बढाइने, सम्पदा संरक्षण गर्न उपभोक्ता समिति मार्फत जनसहभागितामूलक कार्यक्रमलाई प्राथमिकता दिइने, उपमहानगर, महानगरपालिकासँग भगिनी सम्बन्ध विस्तारका लागि पनि थाहाले आगामि आर्थिक वर्ष पहल गर्ने भएको छ ।

पालिका क्षेत्रमा गैरसरकारी संस्था मार्फत गरिने विभिन्न क्षेत्रगत सामाजिक कार्यलाई थप व्यवस्थित, संस्थागत र उपलब्धिमूलक बनाउन एनजिओ डेस्कलाई थप प्रभावकारी बनाउने, सीपमूलक तालिम लिई आय आर्जनमा जोडिएकाहरुलाई प्रविधि हस्तान्तरण र थप सीप विकास गर्दै आर्थिक उपार्जनमा जोड्न नगरेको नीति छ ।

थाहालाई वि.सं. २०८१ भित्रमा बालमैत्री नगर घोषणा गर्ने, विपन्न, दलित, जनजाति, अपाङ्गता भएकालाई विशेष कार्यक्रम मार्फत मुल प्रवाहीकरणमा जोड दिने थाहाको नीति छ ।

यो पनि पढ्नुहोस्

थाहानगरको नीति तथा कार्यक्रम पारित [पढ्नुहोस् पूर्णपाठ]

पालिका प्रेस
थप जानकारी