गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा पहिलो पटक कार्यालयको अनुगमनमा निस्केकी छिन् । हेटौँडा उपमहानगरपालिकाको अनुगमन गर्दै मेयर लामाले प्रभावित सेवाप्रवाहलाई तत्काल व्यवस्थित र जनउत्तरदायी बनाउन निर्देशन दिइन् ।
आन्दोलनका क्रममा भएको आगजनीका घटनाका कारण अस्तव्यस्त बनेको कार्यालयको कामलाई पुनः लयमा फर्काउन उनले कर्मचारीहरूलाई ’खरानीबाट उठेर’ संरचनागत विकासमा लाग्न निर्देशन दिइन् ।
अनुगमनका क्रममा मेयर लामाले उपमहानगरपालिकाका विभिन्न महाशाखा निरीक्षण गर्दै कर्मचारीहरूलाई विगतका घटनाबाट पाठ सिक्दै जनताप्रति थप उत्तरदायी बन्न र सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन निर्देशन दिइन् ।
आगलागीबाट ध्वस्त बनेको हेटौँडा उपमहानगरपालिकाले कार्य सञ्चालनका लागि व्यवस्थापनको काम गर्दै आएको छ । जलेका कोठालाई व्यवस्थापन गर्दै उपमहानगरपालिकाले राजस्व सङ्कलन, नक्सा पास, सिफारिस, दर्ता जस्ता नियमित सेवाहरूलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रक्रिया सुरु गरेको छ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्