पोखरा महानगरपालिकाले २३ फागुनमा  शोक बिदा दिएको छ ।

तत्कालीन पोखरा नगर पञ्चायतका पूर्व प्रधानपञ्च गणेश शेरचनको आज (आइतबार) ७८ वर्षको उमेरमा निधन भएको शोकमा महानगरले एक दिन बिदा दिएको हो ।

सोमबार पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरू शोक बिदाको रूपमा बन्द रहने छन ।

शेरचनले विसं २०३२ देखि २०३८ सालसम्म पोखरा नगर पञ्चायतको प्रधानपञ्च भएर काम गरेको महानगरले जनाएको छ ।

उनको उपचारका क्रममा आज काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएको हो ।

पालिका प्रेस
थप जानकारी