धनुषाको हंसपुर नगरपालिकाबाट सरुवा भएका प्रशासकीय अधिकृतलाई सोही नगरपालिकामा कामकाज गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले प्रशासकीय अधिकृत केशव कुमार अधिकारीलाई हंसपुरमै कामकाज गर्न अन्तरिम आदेश दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि सर्वोच्च अदालतमा प्रशाकीय अधिकृत अधिकारीले मन्त्रालय, नगरपालिका र प्रदेश सरकारलाई विपक्षी बनाएर दिएको रिटमा आइतबार सर्वोच्चले अधिकृतलाई सोही नगरपालिकामा काम गर्न दिन आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजलासले कर्मचारी समायोजन ऐन २०७५ को दफा ९(९) बमोजिम प्रदेश वा स्थानीय तहले माग गरेको अवस्था नरहेको र निवेदक हंसपुर नगरपालिकाको प्रशासकीय अधिकृत भई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४(३) र (४)ले नेपाल सरकारले खटाएको अवस्था समेत भएकोबाट निवेदकलाई हाल कार्यरत रही आएको हंसपुर नगरपालिका धनुषामा नै प्रमुख प्रशासकीय अधिकृतको पदभारमा रही कामकाज गर्न दिन विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९(२) बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि छिमेकी जिल्ला महोत्तरीको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृतलाई डेढ महिनामै सरुवा गरेपछि जनप्रतिनिहरूले विरोध जनाएका थिए ।

प्र

पालिका प्रेस
थप जानकारी