चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा बागमती प्रदेश सरकारले साँढे २ अर्ब राजस्व संकलन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आव २०८१–८२ को भदौ मसान्तसम्म २ अर्ब ६५ कराड ४३ लाख ४२ हजार राजस्व संकलन भएको हो ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा बागमती प्रदेश सरकारको राजस्व सङ्कलनमा वृद्धि भएको तथ्याङुकले देखाएका छ । मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०–८१ को भदौ मसान्तसम्मको आयभन्दा २२ दशमलव ३ प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको हो ।

आर्थिक वर्ष २०८०–८१ को दुई महिनामा २ अर्ब १७ करोड ५२ लाख ११ हजार राजस्व संकलन गरेको प्रदेश सरकारले चालु आव २०८१–८२ मा ४७ करोड ९१ लाख ३१ हजार बढी राजस्व संलन गर्न सफल भएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख होमनाथ रिजालले जानकारी दिए । गत आवमा ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार अनुमान गरिएकोमा भाद्र मसान्तसम्म ३ दशमलव ४७ प्रतिशत मात्रै राजस्व संलन भएको थियो भने चालु आवमा कुल आय अनुमानको ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारमा ४ दशमलव ११ प्रतिशत राजस्व प्राप्ति भएको तथ्याङ्क छ ।

पालिका प्रेस
थप जानकारी