मन्त्रिपरिषद्को १३ वैशाखमा बसेको बैठकले साताको दुई अर्थात शनिवार र आइतबार विदा दिने निर्णय गरेको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी सातामा दुई दिन बिदा दिइँदा कार्यालय समेत भने बढाएर ४० घण्टा पुर्याइएको छ ।

यस अघि सातामा ३५ घण्टामात्र काम गरे पुग्थ्यो । अब जेठ १ गतेदेखि भने बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय समय तय गरिएको छ । नेपाल आयल निगमको प्रस्तावमा सरकारले इन्धन खर्च कटौती गर्न भन्दै सातामा दुई दिन सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । विदेशी मुद्राको बचत बढाउन इन्धन आयातमा कमी ल्याउने उद्देश्यले उक्त निर्णय गरिएको सरकारी भनाइ छ ।

सरकारले सातामा दुइ दिन बिदा दिनुको कारण भने, अर्थतन्त्र जोखिममा परेकालाई कारण अगाडि सारिएको छ । इन्धन खरिदमै ठूलो रकम विदेशिने भए पछि इन्धनमा हुने खपत घटाउनका लागि सातामा दुई दिन बिदा दिने निर्णय सरकारले गरेको हो । पछिल्लो समय बिदेशी मुद्राको सञ्चिति घट्ने र शोधानान्तर घाटा बढ्दा अर्थतन्त्र थप जोखिममा पुग्ने बाटोमा छ । यसैले सार्वजनिक बिदा बढ्दा सरकारको खर्चसमेत कम हुने दाबी सरकारको छ । यस्का अलवा सरकारले आजैदेखि विभिन्न दश प्रकारका विलासी वस्तुको सामान आयातमा समेत कडाइ गरेको छ । यस्ले विदेशी विनिमय सञ्चिति बढ्ने विश्वास सरकारले गरेको छ ।

रमाइलो चाहिँ उक्त निर्णय आगामी जेठ महिनादेखि लागू हुने भनिएको छ । यो वर्षको जेठ १ गते आइतबार परेको छ । त्यसैले त्यो दिन नयाँ निर्णयअनुसार स्वतः बिदा हुने भएको छ । त्यस अघि समेत वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएकाले सरकारले मुलुकभर बिदा दिँदैछ । वैशाख ३१ गते शनिबार सार्वजनिक बिदा छँदैछ । जेठ २ गते बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमाको सार्वजनिक बिदा दिने निर्णय यसअघि राजपत्रमा प्रकाशित भइसकेको छ ।

त्यसैले वैशाखको अन्तिम साताका अन्तिम दुई दिन र जेठ महिनाको पहिलो दुई दिन लगातार बिदा हुने भएपछि सरकारी कर्मचारीलाई पहिलो निर्णय कार्यान्वयनमै बम्पर पर्ने भएको हो ।

पालिका प्रेस
थप जानकारी