सार्वजनिक जग्गा, नदी किनार, सरकारी कार्यालय परिसरमा वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिने थाहा नगरपालिकाले जनाएको छ । सतप्रतिशत घरले जमिन नओगटेका क्षेत्रहरुमा ‘एक घर एक रुख’ अभियान संचालन गर्ने, प्राकृतिक तथा मानवजन्य विपत्तिबाट अस्थायी रुपमा घरवार विहीन भएकाहरुलाई आपतकालीन आश्रय दिलाउन, न्युनतम सुबिधा भएको एक सुरक्षित आश्रय स्थलको संचालन तथा ब्यवस्थापनको पहल गर्ने नगरपालिकाको नीति रहेको छ ।

वातावरण संरक्षण र प्रवद्र्र्धनका लागि बैज्ञानिक उपायहरु अबलम्बन गर्नुका साथै सम्मानित सर्वोच्च अदालतबाट भएका निर्देशनात्मक आदेश कानुन बनाई कार्यान्वयन गरिने, चालिस माइक्रोन भन्दा पातलो प्लास्टिक झोलाको प्रयोगलाई निषेध गर्ने, प्लास्टिक झोलाको सट्टा कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन हुने किसिमका कार्यक्रमहरु संचालन गर्ने पालिकाको नीति छ ।

नगरभित्रको जल, जमिन, वायु र ध्वनी प्रदूषण नियन्त्रण गरी स्वच्छ वातावरण प्रवद्र्धन गर्न आवश्यक कार्यक्रम बनाई संचालन गर्ने , नगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको लगत राखिनेछ र सार्वजनिक जग्गाहरुको अतिक्रमण हटाई पार्क निर्माण गर्ने पालिकाको नीति छ । फोहर व्यवस्थापनका लागि टोल विकास संस्था, बजार व्यवस्थापन समितिको सहकार्यलाई प्राथमिकता दिइने पालिकाले नीति पारित गरेको छ ।

यो पनि पढ्नुहोस्

थाहानगरको नीति तथा कार्यक्रम पारित [पढ्नुहोस् पूर्णपाठ]

पालिका प्रेस
थप जानकारी