पर्साको वीरगञ्ज महानगरपालिकाले चालू आर्थिक वर्ष ०७८÷७९ को ६ महिनामा ३१ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । महानगरले ०७८ साउनदेखि पुससम्म विभिन्न शीषर्कमा ३१ करोड ४२ लाख ९९ हजार २ सय ५ रुपैयाँ आम्दानी गरेको हो । महानगरले गत आर्थिक वर्ष ०७७/०७८ को ६ महिनामा भन्दा ९ करोड ४ लाख ८ हजार ९ सय ४१ रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको छ । गत आवको ६ महिनामा महानगरले २२ करोड ३८ लाख ९० हजार २ सय ६४ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

महानगरको राजस्व व्यवस्थापन महाशाखाका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म सम्पत्ति कर ९ करोड ५६ लाख २८ हजार ५ सय २६ रुपैयाँ ०९ पैसा, भूमिकर/मालपोत ५९ लाख ३२ हजार ७ सय ८५ रुपैयाँ ८७ पैसा, घर जग्गा रजिस्ट्रेसन ६ करोड ८६ लाख ५४ हजार ६ सय ९४ रुपैयाँ ३० पैसा, घर बहाल कर ३ करोड ३४ लाख ४६ हजार ४ सय १ रुपैयाँ ६२ पैसा, बहाल बिटौरी कर ९ लाख ४७ हजार ६ सय ११ रुपैयाँ १६ पैसा संकलन गरेको छ ।

सवारी साधनमा लाग्ने कर (साना) ३ लाख ५ हजार ७ सय १० रुपैयाँ, पूर्वाधार सेवा उपयोगमा लाग्ने कर १ करोड ५० लाख ९ सय, विज्ञापन कर १४ लाख ७८ हजार ३४ रुपैयाँ अन्य मनोरञ्जन कर १ लाख ३८ हजार ८ सय ७९ पैसा, व्यवसाय रजिस्ट्रेसन दस्तुर १ करोड ९ लाख ९२ हजार ३ सय ७०, अखेटोपहारमा लाग्ने कर १ करोड १२ लाख ६७ हजार ५ सय ८९ रुपैयाँ ९६ पैसा, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ८८ लाख ८८ हजार ६ सय ४० रुपैयाँ १३ पैसा, अन्य स्रोतबाट प्राप्त बाँडफाँट नहुने कर ७१ लाख ६ सय ६३ रुपैयाँ ७० पैसा प्राप्त भएको छ ।

विद्युत् सेवाशुल्क १ सय ८५ रुपैयाँ, अन्य सेवा शुल्क १ करोड ३८ लाख ६८ हजार १ सय ८ रुपैयाँ ४८ पैसा, न्यायिक दस्तुर ९ हजार ७ सय १५, परीक्षा शुल्क ४ लाख १७ हजार ३ सय ८० रुपैयाँ, अन्य प्रशासनिक सेवाशुल्क ३ लाख ४ हजार ९ सय ७०, नक्सा पास दस्तुर २ करोड ७० लाख ९ हजार ३ सय ७३ रुपैयाँ ११ पैसा, सिफारिस दस्तुर ७९ लाख ९६ हजार ६ सय ७१ रुपैयाँ ७५ पैसा, व्यक्तिगत घटना दर्ता दस्तुर ११ लाख ८७ हजार १ सय ५३ रुपैयाँ, नाता प्रमाणित दस्तुर ५ लाख ८८ हजार ३ सय ३० रुपैयाँ ८६ पैसा, अन्य दस्तुर २३ हजार ५ सय ५०, प्रशासनिक दण्ड जरिमानाबापत १२ लाख ५७ हजार ५ सय ४० रुपैयाँ ९३ पैसा र बेरुजु ५३ हजार ५ सय रुपैयाँ असुल भएको राजस्व व्यवस्थापन महाशाखाका अधिकृत पवन प्रधानले जानकारी दिए ।

वीरगञ्ज महानगरले पुस मसान्तसम्म कर तिर्दा विभिन्न छुट सुविधा दिएको थियो । महानगरले चालू आर्थिक वर्षको पुस मसान्तसम्म भूमि एवं सम्पत्ति कर तथा व्यावसायिक करमा १० प्रतिशत, उद्योग, सपिङ मल, अस्पताल र स्कुललाई लाग्ने सम्पत्ति करमा ५० प्रतिशत छुट गरेको थियो । भूमि एवं सम्पत्ति करमा अब चैत मसान्तसम्म ५ प्रतिशत छुट सुविधा मिल्ने महानगरले जनाएको छ ।

‘छुट सुविधा दिँदा पनि नगरबासी उत्साहित भएर कर तिर्न आइरहेका छैनन्, चिसोले हो कि ? केही दिनयता कर संकलन न्यून छ,’ अधिकृत प्रधानले भने, ‘चिसो हटेपछि कर तिर्न बाँकी ठूला करदातालााई ताकेता गर्नेलगायत कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ ।’
चालू आर्थिक वर्षमा आन्तरिक आय ९५ करोड ४७ लाख ४ सय ७२ रुपैयाँ पु¥याउने लक्ष्य लिएको वीरगञ्ज महानगर प्रमुख विजयकुमार सरावगीले बताए ।

‘६० प्रतिशत नागरिक कर तिर्न आउँदैनन् । ४० प्रतिशतले तिरेका करको भरमा महानगरपालिका चलाउनुपर्छ,’ महानगर प्रमुख सरावगीले भने, ‘नगरको विकासका लागि स्रोत भनेको नागरिकले तिरेको कर हो, नगरको समृद्धिका लागि पनि नगरबासीले तोकिएको कर तिर्नुपर्छ ।’

पालिका प्रेस
थप जानकारी